बीपी कोइराला क्यान्सर अस्पतालमा ५३ कर्मचारीको माग



काठमाडौं । बीपी कोइराला क्यान्सर अस्पतालले ५३ जना कर्मचारीको माग गर्दै आवेदन खुलाएको छ । अस्पतालले शुक्रबारबारको गोखरापत्रमा सूचना प्रकाशित गर्दै अस्पतालमा कल्सल्टेण्टदेखि स्टाफ नर्ससम्म गरि कुल ५३ जना कर्मचारीको माग गरेको हो ।

अस्पतालले माग गरेका कर्मचारीहरुमा अल्सल्टेण्ट, रजिस्ट्रार, मेडिकल फिजिसिष्ट, इन्जिनियर, टेक्निसियन र स्टाफ नर्सलगायत रहेका छन् ।

अस्पतालले प्रकाशत गरेको सूचनाकाअनुसार खुल्ला तथा समावेशी प्रतियोगितामार्फत परिक्षा लिएर स्थायी रुपमा पदपूर्ति गर्न कर्मचारीको माग गरिएको हो ।

इच्छुकले अबको २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।


क्लिकमान्डु