अमेजोनबाट १८ हजार कर्मचारीलाई निकाल्ने घोषणा
काठमाडौं । विश्वकै चर्चित प्राविधिक उद्योगहरुले कर्मचारी निकाल्ने शिलशिला केही कम भइरहेको बेला अमेजोनले आफ्ना हजारौं कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको छ ।
अमेजोनका मुख्य कार्यकारी अधिकारी एन्डी जेसीले आफ्ना कर्मचारीहरुलाई सम्बोधन गर्दै १८ हजार कर्मचारीलाई कामबाट निकाल्ने जानकारी दिएकी हुन् ।
उनले यो घोषणाअन्तर्गतबाट निकालिने हुने कर्मचारीहरुलाई १८ गतेसम्ममा सूचना दिइने समेत जनाएकी छिन् ।
कम्पनीकाअनुसार यसरी बर्खास्त हुने कर्मचारीहरुको संख्या १८ हजार रहेको छ । कम्पनीमा हाल कार्यरत रहेका तीन लाख कर्मचारीहरुमध्येबाट ६ प्रतिशतअर्थात १८ हजार कर्मचारीलाई निकाल्ने घोषणा अमेजोनले गरेको छ ।
अमेजोनले यसअघि नोमेम्बरमा सूचना सार्वजनिक गर्दै आफ्नो कम्पनीमा भइरहेको खर्चलाई कम गर्ने भन्दै केही कर्मचारीलाई निकाल्ने घोषणा समेत गरेको थियो ।
एन्डीले भनेकी छिन्, ‘हामी यो कदमबाट प्रभावित मानिसहलाई सहयोग गर्ने कोसिस गरिरहेका छौं । हामी आफ्ना कर्मचारीहरुलाई एउटा प्याकेज पनि दिएका छौं, जसमा आर्थिक सहायता, जागिर प्रतिस्थापन भइरहँदा लागु हुने स्वास्थ्य विमासँगै नयाँ र ठूला कम्पनीमा जागिर खोज्नमा पनि हामी सहयोग गर्नेछौं ।’
सँगै उनले अमेजोनले यसअघिको आर्थिक मन्दीका बीचबाट पनि निस्किएर आएको भएकाले अब पनि त्यस्तै गर्ने समेत बताएकी छिन् ।
विश्वकै सबैभन्दा ठूलो ईकमर्श कम्पनी रहेको अमेजोन संसारभरका सैयौं देशमा फैलिएको छ । अमेरिकादेखि एसिया, युरोपलगायतका सैयौं देशमा अमेजोनका कर्मचारीहरुले काम गरिरहेका छन् ।
तर, कम्पनीले निकाल्ने घोषणा गरेको संख्याका कर्मचारीहरु कुन देशबाट रहेका छन् भन्ने सार्वजनिक गरेको छैन् । कम्पनीले हालसम्म सार्वजनिक गरेको जानकारीअनुसार धेरै कर्मचारीहरु अमेजोनको स्टोर अपरेसन, प्राविधिक टिमलगायतको शाखाबाट हुनेछन् ।