एक वर्षमा जीवन बीमालेखको संख्या साढे ४५%ले बढ्यो, निर्जीवनको घट्यो



काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमालेखको संख्या ४५.४० प्रतिशतले बढेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुमा जारी भएको कुल बीमालेखको संख्या एक करोड ३९ लाख ८६ हजार ५०५ वटा रहेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुमा जारी कुल बीमालेखको संख्या ९६ लाख १९ हजार ४४७ वटा थियो ।

यस्तै, गत आवको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको बीमालेखको संख्या भने घटेको छ । चालु आवको मंसिर महिनासम्ममा कम्पनीहरुमा जारी रहेको कुल बीमालेखको संख्या ११ लाख ४७ हजार २६४ वटा रहेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ०९ प्रतिशतले कम हो । गत आवको मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुमा जारी भएको कुल बीमालेखको संख्या १२ लाख ४ हजार १९२ वटा रहेको थियो ।

कुल बीमाशुल्क २.६४ प्रतिशतले बढ्यो
गत आवको मंसिर महिनासम्मको तुलनामा बीमा व्यवसाय २.६४ प्रतिशतले बढेर ७४ अर्ब ४९ करोड ४६ लाख ९९ह जार रुपैयाँ पुगेको छ ।

गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुले ७३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँको कुल व्यवसाय गरेका थिए ।
यस्तै, बीमा कम्पनीहरुको कार्यालय संख्या ३.३५ प्रतिशतले बढेर तीन हजार ३५८ वटा पुगेको थियो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरुको कार्यालयको संख्या तीन हजार २४९ वटा थियो ।

बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्यामा समेत वृद्धि भएको प्राधिकरणको तथ्यांक छ । गत आवको सोही अवधिको तुलनामा बीमा कम्पनीहरुको कर्मचारीको संख्या २.३१ प्रतिशतले बढेर ११ हजार ७१७ जना पुगेको छ । गत आवको मंसिर महिनासम्ममा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या ११ हजार ४५२ जना रहेको थियो ।

बीमाको दायरा ४३.८९ प्रतिशत नागरिक

तथ्यांकअनुसार यस अवधिसम्ममा बीमाको दायरा आएको जनसंख्या प्रतिशत ४३.८९ प्रतिशत रहेको छ । यो म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक हो ।

गत आवको सोही अवधिमा यस्तो तथ्यांक ३०.७२ प्रतिशत थियो । यस्तै, बीमाको दायरामा आएको जनसंख्या९म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक० १६.४८ प्रतिशत रहेको छ । भने म्यादी र लघु म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ३९.७८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु