प्रुडेन्सियल इन्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । प्रुडेन्सियल इन्योरेन्सले सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २्र०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु