आइएमई जनरल इन्स्योरेन्सले घटायो लाभांश, अब कति दिन्छ ?



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश संशोधन गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट दिने लाभांश यसअघिको भन्दा घटाएको छ ।

यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३४ प्रतिशत नगद सहित ६‍.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियाे ।

इन्स्योरेन्सको बीमा प्राधिकरणको निर्देशन अनुसार घटाएको जनाएको छ । संशोधित लाभांशमा बोनस ६ प्रतिशत र कर प्रयोजनका लागि ०.३२ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु