राहदानी विभागको अनुगमनमा गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । बुधबार दिउँसो लामिछानेले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।

राहदानी बनाउने प्रक्रियामा सेवाग्राहीहरुले भोग्दै आएको समस्या र घन्टौंसम्म लाइन बस्नुपर्ने अवस्थाबारे अनुगमनका लागि लामिछाने विभाग पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पहिलो बैठकले राहदानी, लाइसेन्स लगायत सेवा लिन सहजता प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यस लगत्तै गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकपश्चात् राहदानी विभागमा रहेको समस्या समाधान गर्ने र सेवाग्राहीलाई भइरहेको सास्तीलाई अन्त्य गर्ने भन्दै कार्ययोजना तयार गरेर प्रधानमन्त्री समक्ष पेस गरेको थियो ।

उक्त कार्ययोजनामा मन्त्रालयले राहदानी विभागमा सेवाग्राहीले भोग्नुपरेको समस्यालाई तत्काल समाप्त गर्नुपर्ने विकल्प अघि सारेको थियो ।


क्लिकमान्डु