यी हुन् सेञ्चुरी बैंकका ठूला ९ सेयरधनी, भाटभटेनीदेखि कर्मचारी सञ्चय कोषसम्म



काठमाडौं । सेञ्चुरी बैंकको ठूला सेयरधनीमा ९ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीका ठूला सेयरधनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर रहेका छन् ।

असार मसान्तसम्म बैंकको ठूला सेयरधनीमा पहिलो नम्बरमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको ३.०२ प्रतिशत अर्थात २८ लाख ८३ हजार २८२ कित्ता रहेको छ ।

यस्तै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ०.६४ प्रतिशत अर्थात ६ लाख ११ हजार, सुचित्र सिजापतिको ०.६२ प्रतिशत अर्थात ५ लाख ९५ हजार ४१५ कित्ता, मनिक रत्न शाक्यको ०.६१ प्रतिशत अर्थात ५ लाख ८० हजार ६७९ कित्ता, गोकर्ण राइको ०.६० प्रतिशत अर्थात ५ लाख ७५ हजार ८३३ कित्ता रहेको छ ।

यस्तै शारदा केसीको ०.५९ प्रतिशत अर्थात ५ लाख ६१ हजार ९०, कर्मचारी सञ्चय कोषको ०.५८ प्रतिशत अर्थात ५ लाख ५३ हजार ६९४ कित्ता, मान बहादुर राइको ०.५२ प्रतिशत अर्थात ४ लाख ९५ हजार ६६६ कित्ता र ए.जी प्रालिको ०.५० प्रतिशत अर्थात ४ लाख ७६ हजार ८२४ कित्ता रहेको छ ।


क्लिकमान्डु