जाँदाजाँदै जनार्दन शर्माले भने- बजेटको सिलिङ धेरै हुँदा राजस्व लक्ष्य बढाइएको हो



काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेटको सिलिङ धेरै दिईँदा राजस्व लक्ष्य बढाउनु परेको बताएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा लक्ष्य धेरै राखेकाले यो वर्ष राजस्व संकलन लक्ष्य अनुसार नभएको बताए ।

‘मलाई जानकारी नदिई बजेटको सिलिङ बढाएइएको थियो,’ शर्माले भने, ‘यो वर्ष आन्तरिक ॠण तिर्नु पर्ने थियो। तर, सिलिङ बाढ्दा त्यसलाई ध्यान गरिएन । त्यसैले राजस्व लक्ष्य धेरै राख्नु परेको हो।’

बजेटको सिलिङ दिँदा आन्तरिक ऋणलाई ख्याल नगरिएकाले अन्तिम अवस्थामा राजस्व लक्ष्य बढाउनु परेको उनले सुनाए ।

राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ बाढ्दा त्रुटि गरेकाले बजेटको आकार बढेको शर्माको भनाइ थियो ।


क्लिकमान्डु