मंसिर महिनामा करिब ८५ करोडको वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौं । मंसिर महिनामा करिब ८५ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार मंसिर महिनामा १६ वटा उद्योग दर्ता गरी ८४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएको हो ।

मंसिरमा महिनामा साना उद्योगबाहेक मध्यम र ठूलामा लगानी प्रतिबद्धता जनाएका छैन्् । सो अवधिमा पर्यटकनमूलक ८ वटा, सेवामूलक ६ वटा र उत्पादनमूलक २ वटा उद्योग दर्ता गरेका छन् । उक्त दर्ता भएको उद्योगबाट ६९४ जनाले रोजगारी पाउनेछन् ।

त्यस्तै, मंसिर महिनामा उद्योग विभागबाट १९ जना प्रतिनिधि र ४० जनालाई आश्रित भिसा सिफारिस गरेका छन् ।

त्यसैगरी, सुरुदेखि अहिलेसम्म नेपालमा ५ हजार ६४४ वटा वैदेशिक लगानीमा उद्योग दर्ता भएका छन् । जसमा ४ हजार ६९९ वटा साना, ६२२ वटा मझौला र ३२३ वटा ठूला उद्योगमा लगानी गरेका छन् ।

उक्त उद्योगबाट ४ खर्ब ३१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु