मर्जरमा जान लागेका इन्भेष्टमेन्ट र मेगा बैंकका यी हुन् ठूला लगानीकर्ता, कस्को कति ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान थप बाटो खुलेको छ । दुबै बैंकको साधारणसभाले मर्जमा जाने प्रस्ताव पारित गरेछन् ।

मर्जरमा जान लागेका बैंकमध्ये मेगा बैंकमा ०.५ प्रतिशतभन्दा बढी लगानी हुनेमा नागरिक लगानी कोष र ४ व्यक्तिसहित ५ जना रहेका छन् ।

यता इन्भेष्टमेन्ट बैंकमा भने ०.५ प्रतिशतभन्दा बढी लगानी गर्ने २३ प्रालि तथा कम्पनी रहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको ठूला लगानीकर्तामा सबै प्रालि तथा कम्पनी रहेका छन् ।

मेगा बैंकका ठूला सेयरधनीमा बाल कृष्ण भुसालको ०.७६ प्रतिशत अर्थात् १२ करोड २८ लाख ९५ हजार ३०० रुपैयाँको १२ लाख २८ हजार ९३५ कित्ता सेयर रहेको छ ।

यस्तै गौरी श्रेष्ठको ०.६९ प्रतिशत अर्थात ११ करोड २१ लाख ६३ हजार ५०० रुपैयाँको ११ लाख २१ हजार ६३५ कित्ता, नागरिक लगानी कोषको ०.५९ प्रतिशत अर्थात ८ करोड ५३ लाख ६० हजार ८०० रुपैयाँको ९ लाख ५३ हजार ६०८ कित्ता सेयर स्वामित्व रहेको छ ।

शान्त कुमारी कंडेलको ०.५६ प्रतिशत अर्थात् ९ करोड १४ लाख १ हजार ८०० रुपैयाँको ८ लाख १४ हजार १८ कित्ता र कमल राज उदयको ०.५३ प्रतिशत अर्थात ८ करोड ६३ लाख ७१ हजार ४०० रुपैयाँको ८ लाख ६३ हजार ७१४ कित्ता सेयर स्वामित्व रहेको छ ।

यता इन्भेष्टमेण्ट बैंकमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको १२.०६ प्रतिशत, महालक्ष्मी इन्भेष्टमेन्ट प्रा.लिको ७.१० प्रतिशत, छायाँ इन्भेष्टमेन्टको ६.६०, केयू पी इन्भेष्टमेन्टको ६.२८, सोफिया इन्भेष्टमेन्टको ५.९७, नागरिक लगानी कोषको १.८४, अन्नपूर्ण इन्भेष्टमेन्ट प्रा.लि १.३२, सौर्य इनोसिस पार्टीको १.३२, प्रोस्टाइन इन्भेष्टमेन्टको १.३२, कमला इन्भेष्टमेन्ट १.२६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै नोबेल इन्भेष्टमेन्टको १.२६, लोटस इन्भेष्टमेन्ट १.१६, राष्ट्रिय बीमा संस्थान १.१३, मर्कन्टाइल इन्भेष्टमेन्ट १.०३, नेशनल लाइफ इन्स्योरेन्स ०.७५, सिट–सिटिन युनिट स्किम ०.७५ प्रतिशत, सिंगे कार्पेटको ०.७१, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को ०.६४, एपोलो इन्भेष्टमेन्ट ०.६३, श्रेष्ठ ब्रदर्श इन्भेष्टमेन्टको ०.६३ प्रतिशत, पन्चकन्या इन्भेष्टमेन्टको ०.६३ प्रतिशत, पि संघाईको इन्भेष्टमेन्टको ०.६३ प्रतिशत र आर संघाई इन्भेष्टमेन्ट प्रालिको ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु