पोखरा फाइनान्सको लाभांश राष्ट्र बैंकले गर्यो स्वीकृत, कति दिँदैछ ?



काठमाडौं । पोखरा फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

फाइनान्सको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको थियो । जसमा बोनस ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक ससितिको बैठकले गरेको थियो ।

फाइनान्सले घोषणा गरेको उक्त दरको लाभांश राष्ट्र बैंकले पुस ८ गते स्वीकृत गरिदिएको हो । राष्ट्र बैंकबाट स्वीकृत उक्त लाभांश फाइनान्सको आगामी २६ औं वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात लगाकर्ताहरुमा वितरण हुनेछ ।


क्लिकमान्डु