आँधिखोला लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश घोषणा



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।

८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस सेयर ३० प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि १.५८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु