अहिलेको संसदीय व्यवस्था जनताको निम्ति हीतकर छैनः विप्लव



कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् ।

कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा उनले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको बताए ।

महासचिव चन्दले २००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको उनको भनाइ थियो ।

महासचिव चन्दले अहिलेको संसदीय व्यवस्था आधारभुत रुपले जनताको निम्ति हीतकर नभएको उल्लेख गर्दै संसदीय व्यवस्था संकटग्रस्त र असफल सावित भइसकेको दाबी गरे ।
नेपालमा परिवर्तनको पक्षमा जनताको चाहनामा बहस गर्न आवश्यक रहेको बताए ।

महासचिव चन्दले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताए । उनले संघीयताको राजनीतिक, आर्थिक र सांस्कृतिक औचित्य आवश्यक रहेको बताए ।


क्लिकमान्डु