नेप्सेमा ४४.५९ अंकको वृद्धि, ३ अर्ब ८६ करोडको कारोबार


काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा उक्लिएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से २४.६३ अंकले घटेको थियो । मंगलबारसहित गरेर यसअघिका सात कारोबार दिन बजार लगातार घटेको थियो ।

आज नेप्सेमा कुल ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।