कालोधन नियन्त्रणमा राष्ट्र बैंक थप सकृयः सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्न छुट्टै महाशाखा स्थापना



काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने भएको छ ।

केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय विवरण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त महाशाखा स्थापना गर्ने भएको जनाएको छ ।

राष्ट्र बैंकले माघ १ गतेदेखि कार्यारम्भ गर्ने गरी अलग्गै विशिष्टिकृत संरचनाको रुपमा उक्त महाशाखा स्थापना गर्न लागेको जनाएको छ ।


क्लिकमान्डु