
काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीका सह–संस्थापक अरविन्द साहले उम्मेदवारी दर्ता गरेका छन्।
साहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
मंगलबार उम्मेदवारी दर्ता गर्नेक्रममा रास्वपा कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागितामा रहेको थियो ।
साहले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरे।








प्रतिक्रिया