स्किल विक २०२६ को समापनः पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’बाट सम्मानित


काठमाडौं । ग्लोकल प्रा। लि। को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित स्किल विक २०२६ को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ । प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो ।

स्किल विक २०२६ु विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ। यस वर्ष यस हप्तालाई कार्यशाला, सिप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा इन्फोटेनमेन्टु हप्ताको रूपमा मनाइयो ।

जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए ।

कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए ।

कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई ुस्किल हिरो अवार्डु बाट सम्मानित गरिएको थियो ।

उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो ।

पाँच विधामा स्किल हिरो अवार्ड २०२६ प्रदान

आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको स्किल हिरो अवार्ड बाट सम्मानित गरिएको छ । अवार्डका विजेताहरू यस प्रकार छन्ः

पर्यटन र आतिथ्यः ऋषभ अग्रवाल मुम्बई र पेरिसको इकोल डुकासबाट पाक कलामा विशेषज्ञता हासिल गर्नुभएका अग्रवालले काठमाडौँमा सिल्क आर्टिसनल क्रिमरी मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमलाई जोडेका थिए ।

कला र संस्कृतिः किशोर कायस्थ दुई दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय कायस्थले विशेषगरी मुस्ताङ नोस्टाल्जिया मार्फत नेपालको फेरिएको भूगोल र जनजीवनलाई कलात्मक रूपमा कैद गरेका छन् ।

उद्यमशीलताः सुश्री अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ श्रेष्ठले मक्कुसे नामक लक्जरी डेजर्ट ब्राण्डमार्फत परम्परागत नेपाली मिठाइलाई (पुस्टकारी) आधुनिक र विश्वव्यापी बजारमा पुर्‍याउन सफल भएका छन् ।

विज्ञान र प्रविधिः समीर फुयाँल ग्लोकल टिन हिरो २०१९ का विजेता समीरले बाइटकेयर टेक्नोलोजी मार्फत कारोबार एप विकास गरी साना व्यवसायीहरूलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

प्रशिक्षुताः सुश्री सोनाम नेम्वाङ डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता मार्फत व्यावसायिक सफलता हासिल गर्नुभएकी सोनामले युवाहरूका लागि सीपमूलक शिक्षाको महत्त्वलाई उजागर गरेका छन् ।

स्किल फेस्ट र सिइओ अनप्लग

माघ २ गते )जनवरी १६) पुल्चोकस्थित एम्बार्क कलेजमा स्किल फेस्ट आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए। सोही दिन सिइओ अनप्लग्ड को ११ औँ संस्करण पनि सम्पन्न भयो ।

टुडे मिट्स टुमरो भन्ने नाराका साथ आयोजित उक्त सत्रमा सौरभ ज्योति (पद्म ज्योति ग्रुप), संजय गोल्छा (नियोटेरिक नेपाल) र आँचल कुँवर (दराज नेपाल) लगायतले प्यानल छलफलमा भाग लिएका थिए । उनीहरूले भविष्यको बजारमा सीपको महत्त्व र शिक्षा क्षेत्र तथा उद्योगबीचको खाडल पुर्ने विषयमा चर्चा गरेका थियो ।

सहकार्य र समर्थन

यो कार्यक्रमलाई एम्बार्क कलेजले सशक्त बनाएको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, अष्ट्रेलियाली सरकार, युएई दूतावास, होण्डा, एनसर, डब्लुडब्लुएफ , युएनडिपी र ब्रिटिश काउन्सिल लगायतका संस्थाहरूले सहयोग गरेका थिए ।