दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै
काठमाडौं । दोलखामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् ।
हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।