करिब ५ महिनापछि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा



काठमाडौं । करिब ५ महिनापछि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको सेयर कारोबार आजै देखि फुकुवा भएको हो ।

सिद्धार्थ इन्स्यारेन्ससँग मर्जरमा जाने भएपछि कम्पनीको कारोबार असार २८ गतेदेखि रोक्का रहेको थियो ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने-गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का भएकामा प्रिमियरको भने कारोबार खुलेको छ ।


क्लिकमान्डु