सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा निर्जीवन बीमा कम्पनीको लगानी बढ्यो



काठमाडौं । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बीमा कम्पनीको लगानी घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल १२ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन् ।

जुन गत आवको सोही अवधिको तुलनामा ३२.६९ प्रतिशतले कम हो । गत आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले १८ अर्ब ३४ करोड ८१ लाख रुपैयाँ लगानी गरेका थिए ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुले गरेको कुल लगानी बढेपनि यस क्षेत्रमा भने लगानी घटेको हो ।

चालु आवको पहिलो त्रैमासमा १९ जीवन बीमा कम्पनीहरुले ४ खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ लगानी गरेका गरेको प्राधिकरणको तथ्यांक छ । यस्तै, २० निर्जीवन बीमा कम्पनीहरुले तोकिएका विभिन्न क्षेत्रमा गत आवमा ५४ अर्ब २० करोड १९ लाख रुपैयाँ र पुनर्बीमा कम्पनीले २७ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुको कुल लगानीको २.१३ प्रतिशत लगानी सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा भित्रिएको हो ।

सूचीृकत पब्लिक कम्पनीको साधारण सेयरमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ८० करोड ११ लाख रुपैयाँ लगानी गरेका हुन् । यो निर्जीवन बीमा कम्पनीहरूको कुल लगानीको ५.१७ प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा ९ अर्ब ४५ करोड २९ लाख रुपैयाँ लगानी गरेका छन् । जुन जीवन बीमा कम्पननीहरुको कुल लगानीको १.९० प्रतिशत हो । यस्तै, यस अवधिमा पुनर्बीमा कम्पनीले ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । जुन कम्पनीले गरेको कुल लगानीको ०.३४ प्रतिशत हुन आउँछ ।

निर्जीवन बीमा कम्पनीको लगानीे ९.४२ प्रतिशतले बढ्यो

गत आवको सोही अवधिको तुलनामा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा निर्जीवन बीमा कम्पनीको लगानी औषतमा ९.४२ प्रतिशतले बढेर २ अर्ब ८० करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुले यस क्षेत्रमा २ अर्ब ५६ करोड ९ लाख रुपैयाँ लगानी गरेका थिए ।

जीवन बीमा कम्पनीको लगानी ३९.७६ प्रतिशतले घट्यो

१८ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को पहलिो त्रैमासको अवधिमा ९ अर्ब ४५ करोड २९ लाख रुपैयाँ लगानी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ३२.६९ प्रतिशतले थोरै हो ।

गत आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले यस क्षेत्रमा १५ अर्ब ६९ करोड २५ लाख रुपैयाँ लगानी गरेका थिए । यस क्षेत्रमा मेट लाइफले लगानी गरेको छैन ।

पुनर्बीमाको लगानी स्थिर

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा दुई पुनर्बीमा कम्पनीको लगानी स्थिर देखिएको छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा पनि कम्पनीहरुले ९ करोड ४७ लाख रुपैयाँ लगानी गरेका थिए । यस क्षेत्रमा गरिएको लगानी कम्पनीहरुको कुल लगानीको ०.३४ प्रतिशत हुन आउँछ ।

गत आवको सोही अवधिमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १५ अर्ब ६९ करोड २५ लाख रुपैयाँ लगानी गरेका थिए ।

बीमा प्राधिकरणद्धारा बीमकको लगानीसम्बन्धी निर्देशिकामा निर्जीवन बीमा कम्पनीहरुलाई सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा जीवन बीमा कम्पनीहरुले कुल लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था उक्त निर्देशिकाले व्यवस्था गरिदिएको छ । यस क्षेत्रमा पुनर्बीमा कम्पनीहरुले पनि कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।


क्लिकमान्डु