सगरमाथा इन्स्योरेन्सबाट कोरोना बीमा गरेकामध्ये यी एक हजार ५४२ बीमितले भुक्तानी पाउने(नामसहित)



काठमाडौं । सगरमाथा इन्स्योरेन्सबाट कोरोना बीमालेख खरिद गरि भुक्तानी पाउन बाँकी रहेका १ हजार ५४२ जना बीमितले भुक्तानी पाउने भएका छन् ।

कम्पनीले कम्पनीबाट कोरोना भाइरस बीमालेख खरिद गरी दाबी गरि भुक्तानी पाउन बाँकी रहेका बीमितलाई आजदेखि भुक्तानी दिन सुरु गरेको हो ।

कम्पनीलले आज एक सूचना जारी गर्दै दाबी भुक्तानी पाउने बीमितको नामावली समेत सार्वजनिक गरेको छ ।

नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्व महाशाखा र नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कोरोना भाइरस बीमा दाबी भुक्तानी गर्दा पिसिआर पोजेटिभ भई कोरोना बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै भुक्तानी दिईने कम्पनीको भनाइ छ ।

यस्तै, यस बाहेकका दाबीकर्ताहरुको हकमा नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट आगामी दिनमा गरिने निर्णय अनुसार क्रमशः भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
क-कसले पाउँछन् ?


क्लिकमान्डु