शिखर इन्स्योरेन्सले सार्वजनिक गर्‍यो कोरोना बीमाको दाबी भुक्तानी पाउनेको नामावली, क-कसले पाउँछन् ?



काठमाडौं । शिखर इन्स्योरेन्सले आजदेखि कोरोना बीमाको दाबी भुक्तानी सुरु गरेको छ ।

कम्पनीले कम्पनीबाट कोरोना भाइरस बीमालेख खरिद गरी दाबी गरि भुक्तानी पाउन बाँकी रहेका बीमितलाई भुक्तानी दिन सुरु गरेको हो ।

कम्पनीकाअनुसार कोरोना बीमालेख अन्तर्गत दाबी गरि भुक्तानी पाउन बाँकी ५ हजार २० एकल र पारिवारिक बीमालेख धारक दाबीकर्ताहरुमध्ये २ हजार ६३५ दाबीकर्ताहरुलाई आजदेखि भुक्तानी दिन सुरु गरिएको हो ।

अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा र नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कोरोना भाइरस बीमा दाबी भुक्तानी गर्दा पीसीआर पोजेटिभ भइ कोरोना बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै भुक्तानी दिइने कम्पनीको भनाइ छ ।

यस्तै, राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बीमाशुल्क तिरेर कोरोना बीमा गर्नेहरुलाई दोस्रो प्राथमिकतामा राख्दै भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले दाबी फर्छौट हुने दाबीकर्ताहरुको विवरण समेत सार्वजनिक गरेको छ ।

क-कसले पाउँछन् ?

थाहा पाउँन यहाँ क्लिक गर्नुस्


क्लिकमान्डु