नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले दैनिक एक सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी दिने



काठमाडौं । नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले दैनिक एक सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएका छन्।

कम्पनीहरुले कोरोना बीमा गरी दाबी भुक्तानी लिन बाँकी रहेका बीमितमध्ये दैनिक एक सय जनालाई भुक्तानी गर्ने भएका हुन्।

भुक्तानी लिन बाँकी भएका बीमितहरुमध्ये व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमा गर्ने बीमितहरुलाई पीसीआर पोजेटिभ भई बीमा दाबी गर्नेमध्ये पहिला दाबी गर्नेहरुलाई पहिलो प्राथमिकतामा दिई क्रमशः भुक्तानी गर्दै जाने अर्थमन्त्रालय र बीमा प्राधिकरणको निर्देशनअनुसार भुक्तानी गरिने कम्पनीहरुले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

नेको इन्स्योरेन्सबाट कोरोना बीमालेख खरिद गरी भुक्तानीका लागि दाबी गरेका बीमितहरुले काठमाडौं उपत्यकाकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सक्ने छन् ।

यस्तै, उपत्यका बाहिरको हकमा भने आफूले बीमा गरेको कम्पनीको सम्बन्धित शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्रसहित भुक्तानीको लागि सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको भुक्तानी गर्ने छ ।

मंसिर १३ गतेदेखि मंसिर २९ गतेसम्म दैनिक एक सय जनाले र पुस १ गते १०५ जनाले कोरोना बीमाको भुक्तानी पाउने कम्पनीले जनाएको छ ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले मंगलबारदेखि कोरोना बीमाको सर्वसाधरणतर्फ (ब्यक्तिगत) दाबी भुक्तानी संलग्न सूचीअनुसार दैनिक अधिकतम १०० जनालाई भुक्तानी हुने जनाएको छ ।

साथै, १ हजार २७० लट सम्मका चेक बनिसकेको कम्पनीले जनाएको छ । यस्तै, चेक नलगेकाहरुलाई पनि यथाशिघ्र चेक बुझिलिन कम्पनीले अनुरोध गरेको छ ।


क्लिकमान्डु