सातवटा कम्पनीले पाए लघुबीमाको लाइसेन्स



काठमाडौ । नेपाल बीमा प्राधिकरणले सातवटा कम्पनीलाई लघुबीमाको लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीहरुलाई लासेन्स वितरण गरेको हो ।

प्राधिकरणकाअनुसार लघु जीवन बीमा ब्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमा रहेका छन् ।

त्यस्तै, लघु निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाएका छन् ।

प्राधिकरणले भदौ १० गते एक सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको थियो । निर्वाचनअघि नै लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने प्राधिकरणको योजना रहे पनि निर्वाचन आयोगले स्पष्टिकरण माग गरेपछि उक्त प्रक्रिया रोकिएको थियो ।

लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका थिए । जीवन लघु बीमा कम्पनीतर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन परेको थियो ।

निर्जीवनतर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा रहेका छन् । यस्तै, केयर माइक्रो जनरल इन्स्योरेन्स, स्टार माइक्रो, गण्डकी माइक्रो, सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्स्प्रेसको आवेदन परेको थियो ।
त्यसमध्ये सात कम्पनीहरुले मात्रै लाइसेन्स पाएका हुन् ।


क्लिकमान्डु