नेपाल लाइफले गर्यो ५ अर्ब बढी मृत्यु दावी भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्ममा ५ अर्ब ३ करोड रुपैयाँको मृत्यु दावी भुक्तानी भएको छ ।

कम्पनीले मृत्यु दावी भुक्तानी गर्नका लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको जनाएको छ ।
इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको उनको भनाइ छ । गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बनेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै शेयरधनी कोषमा ११ अर्र्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीले १ सय ९७ कार्यालय मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।


क्लिकमान्डु