बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन अनिवार्य



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर खरिद गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन अनिवार्य गरेको छ ।

प्राधिकरणले एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले इजाजत प्राप्त बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

‘एकप्रतिशत भन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणका स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने’ प्राधिकरणले बीमा कम्पनीहरुलाई दिएको निर्देशनमा उल्लेख छ ।

यस्तै, प्राधिकरणले बीमा कम्पनीका संचालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी उपयुक्तताका परीक्षण(फिट एण्ड प्रपर टेस्ट) गर्दा निजको आपराधिक पृष्ठभूमि बारे जानकारी लिन प्रहरी प्रतिवेदन(पुलिस क्यिरेन्स रिपोर्ट) समेत अनिवार्य गरेको छ ।

बीमकका कर्मचारी तथा बीमा अभिकर्ताका लागि सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलाप वित्तीय निवारण सम्बन्धी तालिम/अभिमुखिकरणको संख्या बढाउन समेत कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको छ ।


क्लिकमान्डु