९ निर्जीवन बीमा कम्पनीको नाफा बढ्यो, यूनाइटेडको छलाङ



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा १७ निर्जीवन बीमा कम्पनीले ८८ करोड ८८ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिको तुलनामा ३.०८ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ९१ करोड ७१ लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

सञ्चालनमा रहेका दुई निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सले भने चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा ८ कम्पनीको नाफा घटेको छ भने ९ कम्पनीको नाफा बढेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इनस्योरेन्स र जनरल इन्स्योरेन्सको नाफा घटेको हो ।

नाफा घटेका ८ कम्पनीमध्ये जनरल इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै प्रतिशतले घटेको छ । गत आवको सोही अवधिको तुलनामा जनरल इन्स्योरेन्सको नाफा ५०.७८ प्रतिशतले घटेर १ करोड ८८ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको साही अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, सगरमाथा इनस्योरेन्सको नाफा ४७.२८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३४.५७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको नाफा १३.२५ प्रतिशत, नेको इन्स्योरेन्सको नाफा ६.६४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको नाफा ६.१८ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको नाफा ५.६५ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको नाफा ४.३८ प्रतिशतले घटेको छ ।

९ कम्पनीको नाफा बढ्यो, यूनाइटेडको नाफामा ९०.१० प्रतिशतको वृद्धि

पहिलो त्रैमासको अवधिमा ९ कम्पनीको नाफा बढेको छ । गत आवको सोही अवधिको तुलनामा प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको नाफा बढेको हो ।

सबैभन्दा धेरै नाफा यूनाइटेड इन्स्योरेन्सको बढेको छ । कम्पनीको खुद नाफा ९०.१० प्रतिशतले बढेर २ करोड २६ लाख ९२ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड १९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यूनाइटेड इन्स्योरेन्स पछि सानिमा जनरल इन्स्योरेन्सको नाफा धेरै प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको खुद नाफामा ७०.०१ प्रतिशतको वृद्धि भएको छ ।

यस्तै, प्रथम त्रैमासको अवधिमा लुम्बिनी जनरलको नाफा २८.१४ प्रतिशत, आइएमई जनरलको नाफा १५.७० प्रतिशत, अजोड इन्स्योरेन्सको नाफा १५.७५ प्रतिशत, नेपाल इन्स्योरेन्सको नाफा १४.३५ प्रतिशत, प्रभु इन्स्योरेन्सको नाफा ७.५३ प्रतिशत, शिखर इन्स्योरेन्सको नाफा ०.९३ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ०.४५ प्रतिशतले बढेको हो ।

नाफा कमाउनेमा शिखरअघि

१७ कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा शिखर इन्स्योरेन्स परेको छ । कम्पनीले यस अवधिमा १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, प्रिमियर इन्स्योरेन्सले ७ करोड ७९ लाख ५५ हजार रुपैयाँ, प्रभुले ७ करोड ४ लाख १२ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७ करोड ३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, आइएमई जनरल र सिद्धार्थ इन्स्योरेन्सले ५ करोड माथि नाफा कमाएका छन् ।

सबैभन्दा कम अजोड इन्स्योरेन्सले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, जनरल इन्स्योरेन्सले १ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ ।

S.N. Non Life InsuranceNet Profit(Rs.000)
  2078|0792077|078Change %
1NLG Insurance Company 5465858260-6.18
2Prabhu Insurance 70412654797.53
3Himalayan Everest 3788257900-34.57
4Lumbini General Insurance551004300028.14
5Neco Insurance 6718871966-6.64
6Nepal Insurance 703126148614.35
7IME General Insurance 503834354715.70
8Premier Insurance 7795581526-4.38
9Prudential Insurance 36674365090.45
10Rastriya Beema Company 5386062087-13.25
11Sagarmatha Insurance 3253161701-47.28
12Shikhar Insurance 1348971336520.93
13Siddhartha Insurance 5127554344-5.65
14United Insurance 226921193790.10
15Ajod Insurance 127531101815.75
16General Insurance Company 1887938354-50.78
17Sanima General Insurance Company 413932434770.01
 Total888844917113-3.08


क्लिकमान्डु