प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने, बोनस भन्दा नगदमा जोड



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस सेयर ५ प्रतिशत र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु