
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी प्रदेश र लुम्विनी च्याप्टरको समन्वयमा २५ र २६ गते म्यानेजर तालिम सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजनामा उक्त तालिम भएको हो ।
तालिममा लुम्विनी प्रदेश तथा धनगढी शाखामा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत ७६ जना शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा प्रदेश प्रमुखहरुको सहभागीता रहेको थियो ।
उनीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न भन्दै आयोजना गरेको कार्यक्रममा प्रशिक्षकका रुपमा नेपाल बीमा प्राधिकरणका निर्देशक एवं बीमा ऐन २०७९ का मस्यौदाकार शुशिलदेव सुवेदी, लुम्बिनी वाणिज्य क्याम्पसका एशोसिएट प्रोफेसर राजेन्द्र लम्साल, रिस्क एनालिष्ट उदयराज अधिकारी रहेका थिए ।
कार्यक्रममा निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्वदिपक नेपालले बीमा सेवामा विश्वसनियता अभिवृद्दि गर्न बीमाकर्मीहरुले ग्राहक तथा आम जनसमुदायमा सचेतना कार्यक्रम तथा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न भूमिका निर्वाह गनुपर्ने बताए ।








प्रतिक्रिया