ज्योति लाइफका लगानीकर्ताको हात खाली, सीईओको तलब साढे ८३ लाख



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सीईओलाई ८३ लाख ३७ हजार ६२५ रुपैयाँ तलब भत्ता दिएको छ ।

इन्स्योरेन्सले सीईओ प्रकाश बिक्रम खत्रीलाई उक्त रकम बार्षिक तलब भत्ता बापत दिएको जनाएको छ । यस्तै कम्पनीले अन्य मूख्य पदाधिकारीलाई ९१ लाख ७३ हजार ५५ रुपैयाँ बार्षिक भत्ता दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालकलाई सञ्चालक समितिको वैठक लगायत अन्य समितिहरुको बैठक भत्ता वापत २० लाख १६ हजार तथा भ्रमण भत्ता सुविधा वापत ५ लाख ७८ हजार ३०० रुपैयाँ दिएको छ ।

कम्पनीले अहिले भने लगानीकर्ताको हात खाली बनाएको छ । यो वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश दिएको छैन । इन्स्योरेन्सले २८ गते पाँचौ साधारणसभा बोलाएको छ ।

सभाका लागि असार १३ गते बुक क्लोज गरिसकेको छ । सभाको प्रस्ताव सुर्या लाईफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने/गाभिने विषय रहेको छ ।


क्लिकमान्डु