सानिमा लाइफले बीमालेख धितो कर्जाको ब्याजदर १२% पुर्‍यायो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर बढाएको छ ।

इन्स्योरेन्सले कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइँदै आएको ब्याजदरलाई परिमार्जन गरेको हो ।

कम्पनीले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरी १२ प्रतिशत पुर्याएको हो । बीमालेख धितोमा राखी कम्पनीले १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले सार्वजनिक गरेको नयाँ ब्याजदर कार्तिक १ गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।

कम्पनीले बीमितलाई आफुले लिएको कर्जा तथा उक्त कर्जामा लागेको व्याज समयमै भुक्तानी गर्न आग्रह गरेको छ ।
ब्याजदर परिवर्तन सम्बन्धी थप जानकारीको लागि कम्पनीको आफूलाई पायक पर्ने कुनै पनि शाखा उप ( शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने इन्स्योरेन्सले जनाएको छ । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखेर सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

‘बीमकले बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भइ बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण प्रदान गर्न सक्नेछ,’ समितिद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख छ ।


क्लिकमान्डु