२१ विदेशी मुलुकका २९ पुनर्बीमा कम्पनीसँग नेपाल पुनर्बीमा कम्पनीको व्यवसायिक सम्बन्ध



काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनीले विभिन्न २१ मुलुकका २९ पुनर्बीमा कम्पनीसँग व्यवसायिक सम्बन्ध स्थापना गरेको छ ।

नेपालमा पहिलो बीमा कम्पनी स्थापना भएको ६७ वर्षपछि नेपाल सरकार र बीमा कम्पनीहरुको संयुक्त पहलमा नेपालमा पहिलो पुनर्बीमा कम्पनी स्थापना भएको थियो ।

स्वदेशी तथा विदेशी बीमा कम्पनीहरुलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय पुनर्बीमा सेवा प्रदान गर्नु र पुनर्बीमा शुल्कको नाममा बाह्य मुलुकमा पलयान भईरहेको प्रिमियमको रकमलाई कम गुर्न कम्पनी स्थापना गर्नुको मूख्य उद्देश्य थियो ।

२०७१ साल कात्तिक २१ गते स्थापना भएको यस कम्पनी आजदेखि ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको हो ।

हालसम्म नेपालभित्रका ३९ बीमा कम्पनी र २१ विदेशी मुलुकका २९ पुनर्बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध रहेको कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिएका छन् ।

यस अवधिमा कम्पनीले उल्लेख्य रुपमा विदेशी मुद्रा आर्जन गर्न सफल भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

बीमा कम्पनीहरुको जोखिम बहन क्षमतामा समेत क्रमशः वृद्धि गर्दै गएको र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आन्तरिक श्रोत र साधनको परिचालन र रोजगारी सिर्जनामार्फत राष्ट्र निमार्णमा सहयोग पुर्यााईरहेको उनले बताएका छन् ।

अगामी दिनमा विशाल जोखिमका लागि रक्षावरण कोषको स्थापना गर्ने, कम्पनीको वित्तीय अवश्था सबल बनाउँदै लैजाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवहारिक सम्बन्धलाई सुमधुर बनाउने, समग्र बीमा उद्योगको प्रवद्र्धन र विस्तार गर्ने, गुणस्तरीय मानव संशाधन विकास र बीमा क्षेत्रको अनुसन्धान, प्रकाशन तथा जनचेताना अभिवृद्धिका लागि आवश्यक योगदान गर्ने प्रतिवद्धता कम्पनीले गरेको छ ।

यस्तै, जोखिम व्यवस्थापन र जोखिम हस्तान्तरणबाट मान जीवनलाई शान्त र आर्थिक क्षेत्रलाई सक्रिय बनाउँदै आर्थिक विकासमा योगदान गर्ने तथा लगानीकर्तालाई उचित प्रतिफल उपलब्ध गराउने प्रतिवद्धता कम्पनीले लिएको छ ।

अध्यक्ष घिमिरेले यस कम्पनीलाई स्थापना कालदेखि आजको यात्रासम्म ल्याई पुर्याउन सहयोग गर्ने नेपाल सरकार, अर्थमन्त्रालय, बीमा समिति लगायतका सबै नियामक निकायहरु, बीमा कम्पनी, पुनर्बीमा दलाल, आकस्मिक बीमा कोष स्थापनाकालदेखिका संचालक समिति र विभिन्न समिति, उपसमिति, कार्यदलहरुमा रही योगदान गर्ने व्यक्तिहरु, उच्च व्यवस्थापनमा रही योगदान गर्ने वर्तमान तथा पूर्व कर्मचारीहरु, एक्चुरी, सर्भेयर, अधिकर्ता, परामर्शदाता, अनुसन्धानकर्ता लगायतलाई धन्यवाद दिएका छन् ।


क्लिकमान्डु