आइएमईद्वारा सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री



काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ ।

राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् । एकै पटक चार्जमा ३ २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो कि.मि दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको छ ।

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब २ लाख ५० हजार बचत गरि व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ ।

फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् ।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र एक लाख ९९ हजार रुपैयाँ रहेको छ । नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये एक हो राफ्ट ले एकपटकको चार्जमा ३२० किलोमिटर सम्मको माइलेज दिने कम्पनीको दाबी छ ।


क्लिकमाण्डू