टाटाले बढायो गाडीको मूल्य



एजेन्सी । गाडी उत्पादक कम्पनी ‘टाटा मोटर्स’ले आफ्ना गाडीहरुको मूल्य बढाएको छ । भारतीय कम्पनीले नोमेम्बर ७ मा ‘प्यासेन्जर भेइकल्स’को मूल्य ०.९० प्रतिशतले बढाएको हो ।

टाटाको प्यासेन्जर भेइकल्स सेगमेन्टमा सफारी, हैरियर, अल्ट्रोज, नेक्सन, टियागो र टिगोरजस्ता गाडीहरु समावेश छन् ।
यो वर्ष टाटो चौथो पटक मूल्य बढाएको हो ।

यसअघि पनि तीन पटकसम्म टाटाले आफ्ना गाडीहरुको मूल्य बढाएको थियो ।

टाटा मोटर्सले जनाएअनुसार प्यासेन्जर भेइकल्समा औसतमा ०.९० प्रतिशतको मूल्य बृद्धि हुँदा यसले फरक फरक गाडीमा फरक फरक मूल्य निर्धारण भएको छ ।

टाटाले यसअघि गत जुलाईमा आफ्ना गाडीहरुको मूल्य बढाएको थियो । त्यत्तिबेला ०.५५ प्रतिशतले आफ्ना गाडीहरुको मूल्य बढाएको थियो । त्यस्तै, गत अप्रिलमा १.१ प्रतिशत र त्यसअघि यो वर्षको सुरुवातमा जनवरीमा ०.९ प्रतिशत मूल्य बढाइएको थियो ।


क्लिकमान्डु