राष्ट्र बैंकले १८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैैंकले २८ दिन, ९१ दिन र १८२ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने बिलको सोमबार बोलबकोल हुने छ ।
२८ दिन अवधिका लागि ५ अर्बको बिल जारी गर्न लागेको छ । यो मंसिर २० गते परिपक्व हुनेछ ।

यस्तै ९१ दिन अवधिका लागि ७ अर्ब १० करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो माघ २४ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०८० साल वैशाख २६ गते परिपक्व हुनेछ ।

यो आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यो २८ दिनदेखि १ वर्ष अवधिको हुने गर्दछ । यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु