ट्विटरमा ब्लू टिकका लागि आजबाट पैसा तिर्नु पर्ने, ५ देशमा शुरु



काठमाडौं । ट्विटरले आजबाट ब्लू टिकका लागि पैसा तिर्नु पर्ने बनाएको छ । अब ट्विटर प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफिकेशन (निलो ठीक चिह्न) राख्नका लागि ८ डलर तिर्नु पर्ने भएको छ ।

ट्विटरले यस्तो भेरिफाइड युजर्सको सदस्यता आईओएसमा लञ्च गरेको छ । अहिलेसम्म एन्ड्रोइडका लागि कुनै पनि घोषणा गरिएको छैन ।

ट्विटर खरिद गरेसँगै मस्कले यो योजना सुरु गर्ने जनाउ दिएका थिए । जसलाई आजबाट लागू गरिएको हो । स्कीमको सुरुआत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड र बेलायतमा लञ्च गरिएको छ । अर्थात यी पाँच देशका आईओएस युजरले ब्लू टिकका लागि रकम तिर्नु पर्ने भएको हो ।

मस्कले ट्विटरमा ब्लू टिकको मूल्य ८ डलर प्रतिमहिना राखेका छन् । तर अलग अलग देशका लागि यसको मूल्य फरक फरक हुन सक्ने बताइएको छ ।

ट्विटरको वर्तमान भेरिफिकेसन प्रणाली सन् २००९ मा राजनेताहरु, हाई प्रोफाइलको अकाउण्ट फर्जि नबनोस् भन्नका लागि सुरुआत गरिएको थियो । त्यसपछि यो अन्यका लागि पनि उपलव्ध गराइएको थियो ।

ट्विटरमा करिब ४ लाख २३ हजार भेरिफाइड अकाण्टहरु रहेका छन् ।

ट्विटरको भेरिफिकेसनका लागि पैसा तिर्नुपर्ने व्यवस्था लागत कम गर्ने प्रयास स्वरुप करेमचारी निकाल्न थालेको भोलिपल्टबाट लागू गरिएको हो ।


क्लिकमान्डु