कुमारी बैंकका सीईओको तलब-भत्ता ४ करोड



best fi

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्तामा खर्च गरेको छ ।

बैंकबाट सीईओले ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्ता लिँदा व्यवस्थापकहरुले ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।

बैंकले सीईओलाई तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११, संचय कोषमा ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८०, बिदाबापत ४० लाख ६३ हजार ७३६, उपदानबापत २ लाख ४३ हजार ३६२, बोनस बापत ३९ लाख ९२ हजार ४८१ र अन्य शिर्षकमा १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ दिएको छ ।

बैंकले दिएको उक्त तलब भत्तामा तत्कालिन कामु प्रमुख अनुजमणि तिमिल्सिनाले ३ करोड ६४ लाख ९८ हजार लिएका छन् । रामचन्द्र खनालले भने ४९ लाख ७३ हजार रुपैयाँ लिएका छन् । खनालले तलब बापत ४३ लाख २५ हजार, चाडपर्व भत्ता बापत ३ लाख ५८ हजार अन्य शिर्षकमा २ लाख ९० हजार रुपैयाँ लिएका छन् ।

यस्तै बैंकले व्यवस्थापकहरुलाई ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । जसमा तलब बापत १ करोड १४ लाख ७६ हजार ६९४ रुपैयाँ, भत्ता बापत ३५ लाख ३९ हजार ३५३, संचयकोष बापत ११ लाख ४७ हजार ६६९ रुपैयाँ, गाडी मर्मतका लागि ५६ लाख २७ हजार १८ रुपैयाँ, औषधी उपचारबापत ७ लाख २७ हजार ७८३ रुपैयाँ, दशैं भत्ता बापत १४ लाख ३४ हजार ९८६ रुपैयाँ, बिदाका लागि २८ लाख ४५ हजार ३२१ रुपैयाँ खर्च गरेको छ ।

यस्तै उपदान बापत २६ लाख ५७ हजार ३४४ रुपैयाँ, कर्मचारी बोनस बापत ५० लाख ९८ हजार ७७३ रुपैयाँ र अन्य शिर्षकमा व्यवस्थापकहरुलाई बैंकले १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ खर्च गरेको छ ।

बैंककाअनुसार २०७८ माघ २४ गतेसम्म अनुजमणि तिमिल्सिना कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए । त्यसपछि रामचन्द्र खनाल सीईओका रुपमा कार्यरत छन् ।

बैंकले प्रमुख कार्यकारी अधिकृतदेखि सहायक महाप्रवन्धकसम्मलाई चालक सुविधा सहितको सवारी कर्जा, सवारी इन्धन तथा मर्मत भत्ता र अन्य व्यवस्थापकीय पदाधिकारीहरुलाई बैंकको सवारी साधन नीति बमोजिम सवारी कर्जा, इन्धन तथा मर्मत भत्ता दिएको जनाएको छ ।

बैंकले सम्पूर्ण स्थायी पदाधिकारीहरुलाई बैंकको मानव संशाधन नीति अनुसार सवारी साधन खरिद, घर जग्गा खरिद कर्जा तथा व्यक्तिगत कर्जा दिएको छ भने बैंकको मानव संशाधन नीति अनुसार मोवाईल फोन सुविधा र बैंकको नीति अनुरुप कर्मचारीहरुको सामुहिक जीवन बीमा समेत गरेको जनाएको छ । सीईओले पाएको तलबको ३६ प्रतिशत राज्यलाई कर तिर्ने गर्दछन्


क्लिकमान्डु