२५ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँ पैसा मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकले उक्त रकम एक वर्ष अवधिका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख र राष्ट्रिय स्तरमा वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ राख्ने भएको छ ।

कात्ति २७ देखि २०८० कात्तिक २७ गतेसम्मका लागि मुद्दती निक्षेपमा पैसा राख्न लागेको बैंकले २२ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्न भनेको छ ।


क्लिकमान्डु