राष्ट्रिय सहकरी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित



ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् ।

आज बैंककमा सम्पन्न सभाले तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् । बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आएका छन् । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित भएका छन् ।

बंसल सहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विशेष आमन्त्रितमा निर्वाचित भएकी छिन् । सन् १९६३ मा स्थापना भएको नेडाकले कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले बताए ।


क्लिकमान्डु