‘सिद्ध बाबा’ ब्रान्डमा तेल बेच्ने बाबा भेजिटेबलको नाफा ३८% ले बढ्यो, एकैवर्ष साढे ७ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा ‘सिद्ध बाबा’ ब्रान्डमा विभिन्न प्रकारका तेल बिक्री वितरण गर्दै आएको बाबा भेजिटेबल आयल उद्योगले एकै वर्ष साढे ७ अर्बको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ५९ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ३८ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ५१ करोड ९० लाल रुपैयाँ र सन् २०२० मा ३ अर्ब ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा हालसम्मकै उच्च व्यापार गरेको देखिन्छ ।

वार्षिक ४५ हजार मेट्रिक टन प्रशोधन क्षमता भएको कम्पनीले भट्मास, पामोलिन र सन्फ्लावर तेल नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । जसमा कम्पनीले ‘सिद्ध बाबा’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको विराटनगर, काठमाडौं र पोखरामा डिपो छन् । कम्पनीले आन्तरिक बजारमा बिक्री गर्नुका साथै भारतमा समेत तेल निर्यात गर्दै आएको छ । कम्पनीअनुसार पछिल्लो ३ वर्षमा परिमाणको आधारमा ३७ प्रतिशतले बिक्री बढेको जनाएको छ ।

नेपालमा तेलको माग उच्च छ । तर, उत्पादन भने घट्दै गएको छ । त्यसैले नेपालले उच्च रकम खर्चेर कच्चा तेल विभिन्न देशबाट आयात गर्दै आएको छ । साथै, साही आयातित भएको कच्चा तेल नै प्रशोधन गरी उच्च भारततर्फ निर्यात गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले विशेषगरी पामोलिन तेल निर्यातगर्दा उच्च व्यापार गरेको उल्लेख छ ।

कम्पनीले गरेको व्यापारमध्ये ८० प्रतिशत निर्यात हिस्सा छ रहेको छ । कम्पनीले सन् २०२२ मा १५ प्रतिशतले नाफा कमाएको छ ।

देवनारा ग्रुपद्वारा सञ्चालित कम्पनीमा प्रकाशकुमार मुन्दडा र सुरेशकुमार राठीको स्वामित्व छ । कम्पनीले अल्कालीन कर्जाका लागि २ अर्ब ६ करोड ५० लाख रुपैयाँ अर्थात् एथ्रीको रेटिङ पाएको छ ।


क्लिकमान्डु