सेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्दै



काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आएको भएपनि कारोबार रकममा भने निकै सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ७.३२ अंकले बढेर परिसूचक १९३८.३० बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । होटल १६.३५, विकास बैंक ३३.६७, जलविद्युत १६.५८, वित्त ८.६६, उत्पादन तथा प्रशोधन १३.१२, अन्य २०.१, माइक्रोफाइनान्स ३६.८६, जीवन बीमा समूहको उपसूचक ५५.१३ अंकले बढेको छ ।

यस्तै बैंकिङ समूहको उपसूचक २.६१, ट्रेडिङ २२.९७, निर्जीबन बीमा समूहको उपसूचक १.६२ अंकले घटेको छ ।


क्लिकमान्डु