नेपाल लाइफले व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने



all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको पुनर्जागरण (नवीकरण) गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले २०७७ कार्तिक १५ गतेदेखि २०७९ कार्तिक १४ गतेभित्र व्यतीत भएका सम्पूर्ण बीमालेखहरु नविकरण गर्दा लाग्ने शुल्कमा लाग्ने छुट प्रदान गर्ने भएको हो ।

उक्त अवधीभित्र व्यतीत भएका बीमालेखहरुमा २०७९ कार्तिक १५ गते देखि २४ गते सम्म नविकरण शुल्क भुक्तानी गरी सुचारु गरेका बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

२ वर्ष भन्दा बढी समयदेखि व्यतीत भएका बीमालेखहरुको हकमा भने यो सुविधा लागू नहुने कम्पनीले जनाएको छ ।

यस्तै, बीमालेख समबन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधीभरी पुनः छुट नपाइने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु