सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय, अध्यक्षमा कयाल नियुक्त



काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा जीआईसीको सीईओमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको हो । उपाध्याय यसअघि सानिमा जनरल इन्स्योरेन्सको सीईओ थिए ।

यस्तै, कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ६ जना सञ्चालकहरु समेत चयन गरेको छ । कम्पनी सञ्चालक समितिको अध्यक्षमा कुनाल कयाल, सञ्चालकहरुमा डा. हेमन्त कुमार दवाडी, सोनाम ग्लाछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल, प्रकाश मान श्रेष्ठ रहेका छन् ।

साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी बीच मर्जर भएपछि कार्तिक ७ गते देखिनै एकीकृत कारोबार शुरुवात गरेका छन् ।


क्लिकमान्डु