मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु



काठमाडौं । गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेका यात्रु सवार बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार घटनामा २३ जना घाइते भएका छन् ।

पाल्पाबाट मनकामना दर्शनका लागि जाँदै गरेका यात्रु लिएर हिँडेको बस ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना भएको थियो ।

बस सडकबाट झण्डै एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना विहान ४ बजे भएको थियो । घाइतेको उपचारका लागि चितवन लगिएको छ ।


क्लिकमान्डु