गगन थापालाई आयोगले दोस्रो पटक सोध्यो स्पष्टीकरण, २४ घण्टाभित्र पेस गर्न निर्देशन



काठमाडौं । नेपाली कांग्रसबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

गत साता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेपछि आयोगले थापालाई स्पष्टीकरण सोधेको थियो ।

‘तर आफू अझै पनि त्यस्तो अभियान चलाउने भन्ने’ वक्तव्य दिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुन: स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

आयोगले एक पटक स्पष्टीकरण सोधि सकेको अवस्थामा पुन निर्वाचन आचार संहिता विपरित सार्वजनिक वक्तव्य दिएर मतदाता प्रभावित गर्ने कार्य गरेको देखिएको जनाएको छ ।

आयोगले ‘तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो ?’ सहित तीन विषयमा २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।


क्लिकमान्डु