सिंक लिएर ट्वीटर मुख्यालय किन पुगे एलन मस्क ?



एजेन्सी । ट्वीटर किन्ने समाचारकाबीच टेस्लाका सीईओ एलन मस्क बुधबार ट्वीटरको मुख्यालय पुगे । उनले ट्वीटर मुख्यालय पुगेको एक भिडियो सार्वजनिक गरेका छन् जो अहिले भाइरल भइरहेको छ ।

मस्क हातमा सिंक(हात धुनका लागि प्रयोग हुने) लिएर ट्वीटर मुख्यालय पुगेका थिए । त्यसपछि उनले आफ्नो बायो पनि परिवर्तन गरेका छन् । जसलाई ट्ववीटर लिएको रुपमा धेरैले हेरेका छन् ।

यसअघि जुलाई महिनामा पनि पनि यस्तै चर्चा थियो । पछि उनले डीलबाट पछि हट्ने घोषणा गरेका थिए । त्यसपछि ट्वीटरका प्रमुख ४४ अर्ब डलको करार पूरा गर्न भन्दै अदालत गएका थिए । तर यस महिना मस्कले उनी सम्झौता अनुसार अघि बढ्ने बताए ।

अदालती सुनुवाइ सुरु हुनु अघि नै मस्कले ट्वीटरसँग भएको सम्झौता अनुसार अघि बढ्ने घोषणा गरेका हुन् ।
उनले ट्वीटरमा व्यापक परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।


क्लिकमान्डु