आईफोन १४ मा आयो समस्या, एक म्यासेजपछि फोन भइरहेको छ बन्द !



एजेन्सी । आईफोनको नयाँ मोडलमा केही प्रयोगकर्ताहरुले समस्या भोगिरहेको समाचारहरु सार्वजनिक भएको छ ।

एप्पलले पछिल्लोपटक सार्वजनिक गरको आईफोन १४ मा समस्या देखिएको हो ।

केही मोबाइल प्रयोगकर्ताहरुलाई सीम नट सपोर्टेडको म्यासेज आएको छ र यसपछि त्यस्तो मोबाइलको स्क्रीन फ्रीज भइरहेको छ । कम्पनीले युजर्सलाई फोन रिस्टोर नगर्न सल्लाह दिएको छ ।

एप्पलले यो हार्डवेयरसँग जोडिएको कुनै समस्या नभएको र कम्पनीले यसको जाँच गरिरहेको जनाएको छ । यसका अलावा एप्पलले प्रयोगकर्तालाई लेटेस्ट अपडेट डाउनलोड गर्न सल्लाह दिएको छ ।

कम्पनीले यसवर्ष चार नयाँ आईफोन लञ्च गरेको छ ।

केही दिन पहिला आईफोन १४ प्रो म्याक्स प्रयोगकर्ताको क्यामेरा वाइब्रेशन भएको बताएका थिए । यो समस्या चर्ड पार्टी एप्सलाई खोल्दा हुने गरेको थियो ।

यसका अलावा ५ जी सँग सम्बन्धित समस्या पनि सामना गर्न परेको समाचारहरु सार्वजनिक भएका थिए ।


क्लिकमान्डु