एपोलो टायर्स र स्वाराज ब्रान्डको ट्रयाक्टर बेच्ने ओम्नी प्रालिको व्यापार झनै खस्कियो



काठमाडौं । एपोलो टायर्स र स्वाराज ब्रान्डको ट्रयाक्टरको व्यापार गर्दै आएको ओम्नी प्रालिको आम्दानी खस्किँदै गएको छ । कम्पनीको आम्दानी हेर्ने हो भने हरेक वर्ष घट्दै गएको तथ्याङ्कले देखाउँछ ।

कम्पनीले सन् २०१९ मा ४४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा घटेर ३७ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा ३३ करोड रुपैयाँमा सीमित भएको थियो । त्यसैगरी, सन् २०२२ मा आइपुग्दा कम्पनीको व्यापार घटेर ३२ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत)मा सीमित भएको देखिन्छ ।

ओम्नी ग्रुपद्वारा सञ्चालित ओम्नी प्रालिले भाटाबेन्च, एपोलो टायर्स र स्वाराज ट्रयाक्टरसहित अन्य सामग्री बिक्री वितरण गर्दै आएको छ । आत्माराम काब्राको ४५ प्रतिशत, हरिनारायण काब्राको ४५ प्रतिशत र सन्दिपकुमार मोहताको १० प्रतिशत शेयर हिस्सा रहेको कम्पनी वीरगञ्जमा अवस्थित छ ।

कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ३ अर्ब ६७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४८ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु