आइफोन एसईको मूल्य बढ्यो



एजेन्सी । एप्पलको ‘अफोर्डेवल आइफोन’ मध्येमा पर्ने आइफोन एसईको मूल्य भारतमा बढाइएको छ । सार्वजनिक हुँदाको समयमाभन्दा अहिले फोनको मूल्य ६ हजार रुपैयाँसम्म बढाइएको हो ।

यो वर्षको मार्चमा भारतमा सार्वजनिक भएको एप्पलको तेस्रो जेनेरेसनको आइफोन एसईको मूल्य ४३ हजार ९ सय थियो । तर, अहिले यसको मूल्यमा ६ हजारसम्मको बृद्धि भएको छ । भारतमा अहिले ६४ जिबीका लागि ४९ हजार ९ सय, १२८ जिबी का लागि ५४ हजार ९ सय र २५६ जिबीका लागि ६४ हजार ९ सय नयाँ मुल्य सुचि राखिएको छ ।

फाइभ जी सुविधासहितको यो फोन आइफोनको सस्तो भेरियन्टअन्तर्गतका मोडलहरुमा पर्ने गर्छ । हाल आइफोन १४ सार्वजनिक हुँदा भने यो सिरिजलाई निरन्तरता दिइएको छैन् ।

भारतमा सर्वाधिक मात्रामा बिक्री हुने र आम मानिसले पनि किन्ने गरेको फोनमध्येमा परेको आइफोन एसईको मूल्य अब भने केही महंगो भएको हो ।

कम्पनीले फोनको मूल्यमा किन बृद्धि गरिएको हो भन्ने बारेमा भने केही खुलासा गरेको छैन ।


क्लिकमान्डु