राजपत्रमा प्रकाशित भयो बीमा ऐन (पूर्णपाठ)



काठमाडौं । सरकारले बीमा ऐन नेपाल राजपत्रमा प्रकाशित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २३ गते लालमोहर लगाएको ऐन आइतबार राजपत्रमा प्रकाशित भएको हो ।

यो ऐन राष्ट्रपतिले लालमोहर लगाएको एक महिनापछि कार्यान्वयनमा आउनेछ । यो सँगै पुरानो ऐन पनि खारेजी हुनेछ । उक्त ऐन कार्यान्वयमा आएसँगै बीमा समिति अब बीमा प्राधिकरण बन्ने छ ।

हालको समितिले प्राधिकरण बनेपछि स्वायत्त हुने अपेक्षा पनि रहेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ ऐन आएपछि स्वायत्त हुने बताइरहेका छन् । उनले केही समयअघि समितिले कर्मचारीले दशैं, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा पनि अब समिति स्वायत्त हुने बताएका थिए ।

नयाँ ऐन कार्यान्वयमा गएपछि संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारबाही थप प्रभावकारी रुपमा अघि बढ्ने र बीमा क्षेत्रको दायरा बढ्ने अपेक्षा समेत रहेको छ ।


क्लिकमान्डु